arrow

गोविन्द केसीको समर्थनमा कस्ता–कस्ता ‘पागल’ ?

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
news-GKC-aa.jpeg
काठमाडौं। त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्स’मा आवद्ध चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेशाकर्मी र नागरिकले शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वर सम्म जुलुस निकाले।
 
जुलुसमा साधु सन्तहरु समेत पागल लेखेको कालो पट्टीमा देखिए। केसीको समर्थन गर्दै मेडिकल माफियाविरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले लोकतन्त्रका धावह कहलाउने सरोकारवाला लुटेराहरु अझै लुटिरहेको -भने। उनीहरुले ‘तै चुप मै चुप कसले भर्ला कुवाको पानी’ बन्द गरौं भन्दै नारा लगाए । 
 
प्रदर्शनकारीले संसदमा दर्ता चिकित्सा शिक्षा सम्बन्धि विधेयक संसद्को चालु अधिवेशनबाट पारित गरिनुपर्ने, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र अन्य आयुक्तविरुद्ध महाअभियोग लगाइनुपर्ने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिइनुपर्ने मागलाई यथा शक्य सम्बोधन गर्न दबाब दिए। 
 
सरकारले मनमोहन मेडिकल कलेजको विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ। चिकित्सा शिक्षा सम्बन्धि छुट्टै ऐन बनेपछि मात्र नयाँ मेडिकल कलेजको सम्बन्धन दिइनुपर्ने माग राख्दै डा.केसी अनसनमा छन्। यद्यपि, केसीले मेडिकल कलेजको सम्बन्धन रोकेको भन्दै विपक्षी एमालेले सम्बन्धन दिन भन्दै सनसन अनसन बस्न लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ