arrow

तमलोपा र सद्भावनाबीच एकीकरण हुँदै : सांसद राय

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
madhesparty.jpeg
काठमाडौं। महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरणका लागि छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जंगीलाल रायले बताएका छन् ।
शनिबार सर्लाही, सलेमपुर–काठमाडौं सहयोगी समाजले मधेश मिडिया हाउसमा आफ्नो चौथो वार्षिकोत्सव तथा बडादशैं, दीपावली, मोहर्रम तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताएका छन् ।
 
सांसद रायले भने, ‘तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ । एकीकरणका लागि दुवै पार्टीका शीर्ष नेताबीच गहन छलफल भइरहेको छ ।’ उनले मधेशी मोर्चासँग सत्ता गठबन्धन कांग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले मोर्चाको माग सम्बोधनका लागि सरकारले आन्तरिक तयारीमा लागेको जानकारीसमेत दिएका छन् ।
 
कार्यक्रममा विशिष्ट अतिथि सांसद केदारनन्दन चौधरी, समाजका मउपाध्यक्ष धिरेन्द्र कुमार यादव, बुद्धिजीबी किशोरी महतो, विनय कुमार कर्ण, रामबाबु दास र जयकिशन रायले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष विजय कुमार यादवले गरेका थिए भने महासचिव महेश यादवले सञ्चालन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य तेजनारायण यादवले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ