arrow

जब कांग्रेस सांसद जङ्गीए : यी नेताहरुले हामीलाई रैतीको व्यवहार गर्ने छन्

यीनको सामन्ती चरित्र गएको छैन

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
s-k-c-new.jpeg
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा कांग्रेस सांसद सुरेन्द्र चौधरीले खरो भाषण गरेका छन् । 
 
शनिबार काठमाडौंमा माइतघरबाट ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्स’ले निकालेको जुलुसमा सहभागि कांग्रेस सांसद चौधरीले बानेश्वर चोकमा खरो भाषण गरे । सांसद चौधरीको भाषण सुन्नेहरुले तालीका पर्रा छोडे । 
 
उनले भने, ‘डा. केसीको आन्दोलनमा मैले सुरु देखिनै साथ दिएको हुँ । यो लडाई माफियातन्त्रविरुद्धको लडाई हो । भ्रष्टाचारविरुद्धको लडाई हो ।’ नेपाली आमाको कोही सपुत छ भने, त्यो गोविन्द केसी हो । 
 
सांसद चौधरीले यो देशको नागरिक सम्मान दिनु पर्छ भने त्यो डा. केसीलाई दिनु पर्छ – भने । राजनीतिक दलका नेताहरुलाई भने सांसद चौधरीले कडा शब्दमा गाली गरे । सांसद चौधरीले भने, ‘नेपाली नेताहरुको सामन्ति चरित्र गएको छैन । जसले अझै लोकतन्त्र संस्थागत हुन सकेको छैन ।’
 
उनले लोकतन्त्र संस्थागत हुन सकेन भने यी नेताहरुले हामीलाई रैतीको व्यवहार गर्ने छन्– समेत भने । रैतीको व्यवहार सहन हामी बाध्य हुने छौं । 
 
सांसद चौधरीले डा. केसीको मागको चर्चा गर्दै भने, ‘ हिजो ग्यालेलियोलाई पागल भनिन्थ्यो । पछि दुष्टहरुको बहुमत भएकैले सत्य बोल्ने उनलाई फाँसी दिइयो । त्यसैले राष्ट्रप्रेमीहरु अल्पमतमा हुन्छन् । तर, तीनै व्यक्ति लोकतन्त्रको ठूलो शक्ति हुन् भन्ने हेक्का हुन सामन्ती नेताहरुको सोंच फेरिनै पर्दछ । सांसद चौधरीले कुनै पनि हालतमा डा. केसीको साथ र समर्थन नछोड्ने उद्घोष समेत गरे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ