arrow

प्रधानमन्त्रीले फनफनी घुमाए हेलिकोप्टर !

तोकिएको समय अघि आयोजना सम्पन्न गरे पुरस्कार

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
PM-kailali-ghaumgham.jpeg
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको समयअघि आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने बताएका छन् । दशैं शुभारम्भ भएको दिन प्रधानमन्त्री हेलिकोप्टर लिएर देश दौडाहमा निस्किएका हुन् । प्रधानमन्त्री दाहाल एका-एक हेलिकोप्टरमा प्युठान हुँदै, बाँके,बर्दिया अनि कैलाली हानिए । 
 
सार्वजनिक विदाको सदुपयोग गर्न भन्दै दाहाल निरीक्षणमा निस्किएका निजी सचिवालयले जनाएको छ । विभिन्न स्थान हुँदै कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजनाको स्थलगत निरीक्षण गर्न पुगेका प्रधानमन्त्रीले भने, ‘समयमै काम सम्पन्न हुुनुपर्दछ । हामीले तोकिएको समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने संस्कार र सोंचको विकास गर्न जरुरी छ ।  
 
समय अगावै आयोजना सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्नेछ । तोकिएको २ वर्षभित्र नै आयोजना सम्पन्न गर्नुस् र पुरस्कृत भएर नमूना पेश गर्नुहोस् ।’
 
प्रधानमन्त्री दाहालले समयभन्दा अघि नै विकासका काम सम्पन्न गर्ने सोंचको विकास गर्नु राष्ट्रिय चुनौति भएको बताए । प्रधानमन्त्रीले भने, ‘युद्धस्तरमा काम गरौं । यो राष्ट्रिय गौरवको आयोजना हो, यसले देशलाई गौरवको अनुभूति दिलाउन सक्नुपर्छ । यो आयोजनाले नेपालमा ठूलो आर्थिक क्रान्ति ल्याउनेछ । यो कुरालाई गम्भीरतापूर्वक लिनुहोला ।’
 
निरीक्षणका क्रममा प्रधानमन्त्रीले सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशित गर्दै भने, ‘राजनीतिले छलाङ हान्यो, प्रशासनले त्यसलाई पछ्याउन सक्नुपर्छ । कर्मचारीतन्त्रले देशको स्थायित्व र सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ । ठूला चाडहरुमा जनताले सास्ती भोग्नु नपरोस् । केन्द्रले बनाएका योजना दृढतापूर्वक कार्यान्वयन गर्न निर्दे्शित गर्दछु ।’
 
कैलालीको चिसापानीमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजना नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा सञ्चालित आयोजना हो । 
 
आयोजना प्रमूखले दिएको जानकारी अनुसार २०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको यो आयोजनाको ५८ प्रतिशत काम सम्पन्न भइसकेको छ भने यो आयोजनाले विद्युत सञ्चालनको पनि लक्ष्य राखेको छ । आयोजना २०७५ सालभित्रै सम्पन्न हुने जानकारी प्रधानमन्त्रीले लिएका छन् । 
 
_DSC2398
 
 
_DSC2394
 
 
 
_DSC2518
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ