arrow

धुलिगडामा बस पुग्यो

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
darchula.jpeg
काठमाडौँ । दार्चुलाको धुलिगडा गाविसमा आज पहिलो पटक बस पुगेको छ ।  यसअघि जीप मात्र सञ्चालनमा रहेको सो गाविसमा महाकाली यातायातको ना ४ ख ५३३६ नम्बरको बस पुगेको स्थानीय बहादुरसिंह ठगुन्नाले बताए । उक्त ठाउँमा आजदेखि नियमितरुपमा बस सेवा सञ्चालन हुने बताइएको छ । 
 
धुलिगडा गाविसमा बस पुगेपछि धुलिगडा, सिप्टी, खार, इयरकोट, रानीशिखर र देथला गाविसका नागरिकलाई आवतजावतमा सहज हुने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ