arrow

एमाले संविधान संशोधनकाे बाधक बन्छ भने मधेसबाट सिध्याउँछौं : राजेन्द्र महतो

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असोज १५ शनिबार
Rajendra-Mahato.jpg.jpeg
विराटनगर । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले दशैं तिहार छैठ अगावै सत्ता पक्षले संविधान संशोधन प्रक्रिया संसद्बाट अगाडि बढाउनुुपर्ने बताएका छन् । 
 
उनले त्यसो नगरिए पुनःआन्दोलनमा जाने चेतावानी दिएका छन् । सत्ता गठबन्ध दल माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टीले संविधान संशोधनको प्रस्ताव पेश गर्न आलटाल गरेको महतोको भनाई छ ।
 
विराटनगरमा शनिबार संचारकर्मीसंगको कुराकानीमा महतोले सरकार गठन भएको यतिका दिन वितिसक्दा पनि संशोधन प्रस्ताव पेश नगर्नुलाई मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । 
 
महतोले संविधान संशोधनका लागि छैठसम्म पर्खन तयार रहेको भन्दै त्यसका लागि यो बीचमा संशोधन प्रक्रिया अघि बढाउन सरकार लाग्नु पर्ने बताए । 
 
एमालेले संविधान संसोधान गर्न नदिने बहानामा कांग्रेस र माओवादी पार्टी संविधान संशोधन गर्न नचाहिरहेको पुष्टी हुँदै गएको पनि जानकारी दिए । उनले भने, ‘मधेसी मोर्चासंग सरकारले तीन बुँदे सहमति गरेको छ, यसलाई सरकार कार्यान्वय गर्ने पक्षमा अझै गम्भीर देखिएको छैन ।’ 
 
सरकारको यस्तो रवैयाजारी रहे अधिकार प्राप्तिको लागि सडक आन्दोलनको विकल्प छौन उनले–भने । अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव संसदमा पेश नभएको अवस्थामा एमालेको विषयमा कुरा गर्नु भन्दा पनि सरकारले पहिले संशोधन प्रस्ताव पेश गर्नु पर्ने महतोको भनाई छ । 
 
एमालेले संविधान संशोधन गर्न नदिने भनेको छ यदी संविधान संशोधन गर्न एमाले बाधक बन्छ भने मधेसबाट एमाले सकिन्छ उनले–भने । हामी संविधान संशोधन विरुद्ध उभिनेलाई सिध्याउँछौं । उनले संविधान संशोधन प्रस्ताव पेश गर्ने विषयमा जुन पार्टीले अवरोध सृजना गर्छ त्यही पार्टीकोविरुद्धमा आफुहरु लड्ने बताए । 
 
महतोले संविधान संशोधन नगरी चुनाव गराउने कुरा कुनै पनि हालतमा हुन नसक्ने बताए । संविधान स्वीकार्य हुन सकेको छैन । चुनाव हुनै सक्दैन यदी भई हाले पनि प्रतिगामी चुवान पुर्व राजा ज्ञानेन्द्रले गराएको जस्तै हुनेछ–महतोले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ