arrow

भारतीय पर्यटकलाई आकर्षित गर्न दमाैलीमा व्यास एकीकृत योजना आवश्यक: पौडेल

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
ramchandra.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक र भारतबाट आउने पर्यटकलाई लक्षित गरी व्यासको जन्मभूमि तनहुँको दमौली क्षेत्रमा व्यास परासर एकीकृत योजना अघि बढाउनुपर्ने बताएका छन् । 
 
तनहुँ–काठमाडौँ बौद्धिक लोकतान्त्रिक समाज नेपालको साधारणसभा एवं विजया दशमीको शुभकामना आदानप्रदान गर्न राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले दमौलीलाई केन्द्र बनाएर विकासका कार्यक्रम जिल्लाका सबै क्षेत्रमा विस्तार गर्नुपर्ने बताए । 
 
नेता पौडेलले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेको चर्चा गर्दै पोखरादेखि मुग्लिनसम्म छ लेनको फराकिलो सडक बनाएर पोखरा भित्रिने पर्यटकलाई तनहुँ र यसका छिमेकी जिल्लामा आकर्षित गर्नुपर्ने बताए ।  
 
नेता पौडेलले भने, ‘कृषि क्रान्ति, पर्यटनको विस्तार, ऊर्जाको विकासबाट तनहुँलाई देशकै विकासको नमुना जिल्ला बनाउनुपर्छ, भानुभक्तको जन्मभूमिलाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन सकिन्छ ।’ 
 
वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले राजनीतिक स्थिरताबिना विकास गर्न अप्ठ्यारो हुने बताउँदै ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा प्रशस्त रहेको तनहुँको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । 
 
पूर्वराज्यमन्त्री एवं नेपाली काँग्रेसका नेता अमरराज कैनीले नेपालका हरेक राजनीतिक आन्दोलन र सङ्घर्ष सफल हुने गरेपनि त्यसले सङ्क्रमण पनि जन्माउने गरेकाले देशमा सधैँ राजनीतिक सङ्क्रमणकाल सिर्जना भएर मुलुकको आर्थिक विकासले गति लिन नसकेको धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ