arrow

२०८० मा छ दिन सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०८० का लागि छ दिन सार्वजनिक बिदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । 

प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने गरी राजपत्रमा सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेले जानकारी दिए । 

उनका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैते दसैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने सूचना प्रकाशन गरिएको छ । 

असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने सचिव घिमिरेले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ