arrow

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा नेम्वाङ

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
hamrakura-logo.jpeg
पाँचथर । निर्माण व्यवसायी सङ्घ पाँचथरको दशौँ अधिवेशनले वीरेन्द्र नेम्वाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । 
 
आइतबारको अधिवेशनको बन्दसत्रले नेम्वाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । 
 
समितिको प्रथम उपाध्यक्षमा बल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतीय उपाध्यक्षमा शशिराज आङ्देम्बे निर्वाचित भए ।
 
त्यस्तै महासचिवमा सूर्यप्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङ्देन, आन्तरिक उपमहासचिवमा पूर्ण आङ्देम्बे र कोषाध्यक्षमा दीनानाथ अधिकारी निर्वाचित भए । 
 
त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद बाँस्कोटा, डिल्लीकुमार आले, ताराप्रसाद भट्टराई, शङ्कर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोकप्रसाद अधिकारी, नरहरि उप्रेती र विनोद खनाल निर्वाचित भए ।
 
महिला सदस्यमा भने देवकुमारी ढुङ्गाना निर्वाचित भइन् । 
 
समितिका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ