arrow

बेलायती अधिराजकुमारीद्वारा आँखा अस्पतालको अवलोकन

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
tilgangavisit.jpeg
काठमाडौँ। बेलायती अधिराजकुमारी बिट्रिकाले स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन् । 
 
बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आइतबार बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गरिन् । सो अवसरमा अधिराजकुमाले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिइन् । 
 
अधिराजकुमारीले विशेषगरी तालिमका लागि आँखा अस्पतालमा विभिन्न मुलुकबाट आउने चिकित्सकको तालिम कक्षको चासोपूर्वक अवलोकन गर्नाका साथै चिकित्सकसँग कुराकानी समेत गरिन् । अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी निकै उत्साही भएकि थिइन् । आँखा अस्पतालले अन्य अस्पतालसँग पनि समन्वय गरी काम गरेकोप्रति उनले प्रशंसा गरिन् । 
 
अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु उत्साही भएको बताउँदै अस्पताललाई सहयोग आउने आशा व्यक्त गरिन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ