arrow

मकवानपुर बस दुर्घटनाप्रति कांग्रेस दुःखी

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
congress-flag-11111.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसले मकवानपुर बस दुर्घटनाप्रति दुःख प्रकट गरेको छ । पार्टी केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आइतबार विज्ञप्ती प्रकाशन गरी दुःख प्रकट गरेका हुन् । 
 
उनले जारी गरेको विज्ञप्तिमा मकवानपुरको हेटौडाबाट हाँडीखोलाको लागि छुटेको ना४ख ४३०७ नम्बरको यात्रुवाहक बस हाँडीखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु र ३१ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ–भनिएको छ । 
 
साथै घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्थाका लागि सरकारसंग माग गरिएको छ । 
 
असोज १६, २०७३
प्रेस विज्ञप्ति
 
मकवानपुरको हेटौडाबाट हाँडीखोलाको लागि छुटेको ना.४ख ४३०७ नम्बरको यात्रुवाहक बस हाँडीखोला २ मा दुर्घटना हुँदा ३ जनाको मृत्यु र ३१ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपाली कांग्रेस मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्थाका लागि सरकार माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ