arrow

यसरी चल्दैछ १५० वर्षसम्म सिन्धुपाल्चोककै जेठो घट्ट

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असोज १६ आइतबार
ghatta_Sindhupalchok.jpeg
काठमाडौं। घर सिन्धुपाल्चोकको निवुगाउँ भन्ने ठाउँमा, वर्ष ५७। अहिले घट्टको आधा मालिक हुँ भन्ने गरेका गणेश तामाङ डेढ वर्षदेखि महादेव खोलाको घट्टमा कामगर्दै आएका छन्। सडकको छेवैमा छ घट्ट। माथि दुईपट्टिबाट पानी जोडेर तलको फिता घुमाईन्छ र घुमिरहेकै छ घट्ट। त्यही घट्टसँगै वितिरहेकै छ एक बृद्धोन्मुख व्यक्तिको गुजारा पनि। सन्तानको कुरा गर्दा एउटा छोरा र एउटा छोरी रहेको बताउने तामाङ दुबैजना पढीरहेको बताउँछन्। ‘गुजारा मात्रै चल्छ’ उनी भन्छन् ‘अरूखर्च अन्तैबाट खोज्नुपर्छ।’
 
तामाङकै कुरालाई आधार मान्ने हो भने करिव १ सय ५० वर्षको इतिहास बोकेको घट्ट अहिले पनि त्यस आसपासका स्थानीयको लागि मकै पिस्ने एउटै आधार हो। यो सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा पुरानो घट्ट रहेको कुरा आफूले पनि बाबुबाजेले भनेको सुनेको उनी बताउँछन्। ‘हाम्रा बाजेले भनेको यो खोलो पनि पहिले त तर्नको लागि कम्ती अफ्टेरो थियो र ?’ अहिले त एउटा घट्ट पनि चल्दैन।’
 
अहिले महादेवखोलोको उक्त घट्ट दैनिक १२ घण्टासम्म लगातार चलिरहने गरेको छ। ‘खाली बस्नुपरेको छैन’ उनी भन्छन् ‘तर यो ४÷५ महिना भन्दा बढी चलाउँनै पाईँदैन के गर्नु ?’ पानीको बहाब चाहिने भएकोले यो घट्ट मुस्किलले ५ महिना मात्रै चल्ने गरेको छ। 
 
घट्टमै श्रम शोषण 
यो घट्ट पहिलो पटक कसले बनायो यो पत्तो छैन। तर पहिलेदेखि नै गाउँमा चल्तापूर्जा देखिएर बसेका ‘जैसी बाजे’ले यो घट्ट अहिले पनि आफ्नो रहेको दाबी गर्दै आएका छन्। घट्टमा मकै पिसेको कतिलिने भन्ने यकीन मापदण्ड नरहेको भएपनि मकैपिन्न आउनेहरूले आफूखुशी पिठो दिएर जाने गरेका छन्। यसरी उठेको मकैको पिठोको आधाभाग आफूलाई घट्टको मालिक सम्झने जैसी बाजेलाई नै दिनु पर्नै गरेको छ। यही कारणले गर्दा हरेक वर्ष जस्तो मान्छेहरुले घट्ट छाड्ने गरेका छन्। ‘म पनि यही वर्ष मात्रै हो कि जस्तो छ’ उनले भने दिनभरी दुख गर्‍यो अरूलाई नै फल दिनको लागि कत्तिको दुख गर्नु ?’
 
अझै थाकेन बुढो घट्ट पनि
बरु विजुलीबाट चल्ने मेसिन भएको भए अहिलेसम्म चल्न छमडिसक्ने थियो होला तर यो घट्ट एक सय ५० वर्षसम्म पनि केही नभएको स्थानीय बताउँछन्। तामाङकै कुरालाई आधारमान्ने हो भने पनि बेलाबेलामा ढुङ्गा(जाँतो)को धार लगाउँनुपर्छ। त्यसबाहेक अरू केही पनि यसमा खर्च लाग्ने गरेको छैन। तल पानीको फोहोराले फलामको फित्ता घुमाउने हो यो अझै पनि घुम्छ । बुढो भएको छैन –उनले भने। ‘म बरू बुढो भईसकँे’ उनले भने ‘कहिले बिहानै चिया खान पनि नभ्याउँदै मान्छे बोलाउन आईहाल्छन् बेलुकासम्म नै पालो पाउनै गाह्रो हुन्छ नि।’ 
 
विजुली विर्साउने ४ महिना
यो घट्ट करिबकरिब ४ महिना चल्ने गरेको छ। जुन ४ महिना वरिपरीकालाई मकै कुट्नको लागि धेरै सहज हुने गरेको छ। नजिकै पनि झण्डै ३ किलोमिटर भन्दा बढीको दूरीमा भोटे चौर आएपछि मात्रै विद्युतीय मकै कुट्ने मेसिन रहेको छ। त्यसरी लामो दूरी हिँडेर जाँदा पनि वत्ति गयो भने त बर्बादै। ‘बरू घट्टमा आयो न त विजुलीको चिन्ता न त नै’ घट्टमा पुग्दा मकै पिस्न आएकी सुकमाया तामाङले भनिन्। त्यता आसपासकाहरूलाई यस्तो कुट्न पिस्नको लागि ४ महिना विजुलीको आवश्यकता नै नपर्ने गरेको उनीहरू बताउँछन्। 
 
स्पीड कम
तुलनात्मक रूपमा विजुलीको भन्दा घट्टले ढिलो मकै पिस्ने गर्दछ। तामाङका अनुसार यसले १० पाथी मकै पिस्न झण्डै १ घण्टा लगाउने गरेको छ। जुन विजुलीको मेसिनमा हेर्ने हो भने १० मिनेटमा नै सिध्याउन सकिन्छ। उनी भन्छन् ‘यो पानीको बहाबको अनुसार हुने कुरा न हो। पानीको बहाब धेरै भयो भने छिटो पनि कुद्छ होईन भने ढिलो कुद्छ।’ अहिले यसको गति केही कम हुँदै गएको पनि उनले जानकारी दिए। 
 
कसरी चल्छ घट्ट ?
घट्ट पानीको बहाबबाट चल्ने यन्त्र हो। हामीले हाते जाँतो घुमाएको जस्तै यसमा पनि घुमाउने जाँतो नै हो। तर यसमा पानीले जाँतो घुमाउने गर्दछ। त्यसको लागि एउटा ठूलो ढुङगा घुम्नसक्नेगरी घट्टको मुनी फलाको फिता जडान गरिएको हुन्छ। यसरी जठान गरीको फितामा पानीको बहाब पुग्नेगरी अग्लो ठाउँबाट पानी पठाईन्छ। यसरी पठाईएको पानीले घुमेको फिताले माथिको ढुङ्गा घुमाउँछ र त्यसैले मकै पिस्ने गरेको छ। 
 
तस्वीरमा देख्न सक्नुहुनेछ सबैभन्दा पहिले कुलाबाट आएको पानी एउटैबाटामा जम्मा पारिएको छ र ओरालो ठाउँसम्म पुर्‍याईएको छ र त्यहाँबाट पाईपको माध्यमबाट तल फितासम्म पुर्‍याईएको छ। तर फिता भने जाँतोको भित्र रहने भएकोले यो देखिएको छैन। अन्तिममा माथिबाट पठाएको पानी तस्वीरमा देखिएको ठाउँबाट बमहिर गएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ