arrow

दशैंमा घर जानेहरुका लागि यसरी सरकारी बसको व्यवस्था गर्दैछन् मन्त्री लेखक ?

अपुग भए स्कुल बस माग्ने

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
ramesh-lekhaka-420x250.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं उपत्यकाबाहिर सय सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आइतबार यातायात मन्त्री र सचिवलाई कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । 
 
नजिकिँदै गरेका दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका मुख्य सहर र जिल्ला सदरमुकामसम्म नागरिकको सहजताका लागि यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले तुरुन्तै सय वटा बस सञ्चालन गर्न निर्देशन दिएका प्रधानमन्त्रीका निजी उपसचिव मनोहरि तिम्सिनाले जानकारी दिए । 
 
प्रधानमन्त्रीले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न निर्देशन दिएका छन् । तिम्सिनाका अनुसार यातायात व्यवसायीले उपत्यका बाहिर पर्याप्त बस संचालन नगरे सरकारले तयारी अवस्थामा राखेबा बस संचालन गर्नु पर्ने छ । उनले भने, ‘प्रधानमन्त्री ज्यूले नागरिकलाई हर कुनै हालतमा समस्या हुनु भएन भन्नु भएको छ ।’ सरकारी गाडी कति छन् तिनलाई तयारी राख्न र नभए विद्यालयका बस मागेर भएपनि व्यवस्थापन गर्न भनिएको छ । 
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले यातायात व्यवसायीको मनोमानी नचल्ने भन्दै सरकारले बनाएको नियममा नचले विकल्पका साथ आफुहरु तयार रहेको बताएका छन् । आफुहरुले केही दिन अघिबाटै तयारी थालीसकेको मन्त्री लेखकले जानकारी दिएका छन् । 
 
यद्यपि, सुरक्षित यात्राका दृष्टिले उपत्यकामा गुडिरहेका बसको प्राविधिक अवस्था र बाहिर गुड्न सक्ने नसक्ने क्षमताबारे पनि ध्यान दिनु पर्ने छ । यस्तै, बाटोको दुरावस्था र चालकको अनुभवबारे समेत सोच्नु पर्ने सरोकारवालाहरुले सुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ