arrow

काँग्रेसको चियापान कार्यक्रम स्थगित

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
congress-office.jpg.gif
काठमाडौ । नेपाली काँग्रेसले दशैंको कोजाग्रत पूर्णमाको दिन वर्षेनी आयोजना गर्दे आएको चियापान कार्यक्रम यस वर्ष स्थगित गरिएको जनाएको छ । 
 
विशेश्वर प्रसाद कोइरालाले भारतबाट फर्किएर राष्ट्रिय मेलमिलापको नीति लिएसँगै २०३३ सालबाट यस दिन चियापानको आयोजना गर्दे आएका थिए । 
 
यस पटक भने तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १ वर्ष नपुगेको बताउँदै चियापान स्थगित गरिएको सचिवालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ