arrow

पढाइ राम्रो भएपछि निजी छाडेर धमाधम सरकारी विद्यालयमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
janata-mavi-gaurada.jpg

महोत्तरी । विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए गाडी रोकेर हैन निजी विद्यालय छाडेर आफैँ सामुदायिक विद्यालय आउँछन् भन्ने उनकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ ।

वडा नंं ३ मा रहेको जनता माध्यमिक विद्यालय गौरीडाँडामा वरपरका मात्र हैन ३ जिल्लाका विद्यार्थीहरुको आकर्षण गन्तव्य यतिबेला यही विद्यालय बनेको छ ।

‘धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीहरुको हाम्रो विद्यालयमा निक्कै चाप छ’, विद्यालयका प्रधानध्यापक दिपकराज वरालले भने, ‘६ देखि ९ सम्म ३०० जना र १ देखि ५ सम्म झण्डै २५० जनाले प्रवेश परीक्षा पास गरिसकेका छन् ।’ 

व्यवस्थापन समितिको निर्णय अनुसार एउटा कक्षामा ५५ जनामात्र पढाउने निर्णय भए तापनि त्यो संख्या बढ्न सक्ने विद्यालयको अनुमान छ । अहिले प्रायः कक्षाहरुको २ वटासम्म सेक्सन छुट्याइएको छ ।

जनता माध्यमिक विद्यालयमा नै आफ्ना बोर्डिङ्ग पढिरहेका छोरीहरुले बल्ल नाम निकालेको भन्दै बर्दिबास ७ का विजय यादवले  खुशी ब्यक्त गरे ।

‘यहाँ पढाउन त निक्कै कष्ट पो गर्नुपर्छ’ उन्ले भने ।

विद्यार्थी भर्नाको यति चाप छ कि विद्यालयले कोटा निर्धारण गरेभन्दा प्रवेश परीक्षा दिनेहरु चौबर बनेको विद्यालय प्रशासनले जनाएको छ ।

जनजागृती माध्यमिक विद्यालयलाई लक्षित गरी विद्यार्थी बढाउने अभियान अन्तर्गत अध्यक्ष विराट बिष्टले निजी विद्यालयका गाडीहरु प्रवेशमा गरेको निषेध आफैँमा गलत हो भन्ने उन्कै वरपर रहेका विद्यालयले प्रमाणित गरिदिएका छन् ।

यो विद्यालयवाट ४ किलोमिटर मात्र दूरीमा रहेको  विद्यालयमा सोही गाउँका विद्यार्थी पनि बाक्लै भर्ना हुन आएको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यार्थी तथा अभिभावकको आकर्षणलाई बढाउन गाडी रोक्ने जस्तो गैरजिम्मेवार निर्णय हैन, जनप्रतिनिधिहरुले गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले सुझाव दिए ।

जनप्रतिनिधिहरुलाई जिम्मेवारीवोध गराउन सक्ने जनता माध्यामिक विद्यालय मात्र एक्लो उदाहरण भने हैन । बर्दिबासमा नै अन्य धेरै  सामुदायिक विद्यालयले पनि फड्को मारेका छन् ।

बर्दिबास कै भित्री वस्तीमा रहेको जनहित नन्दलाल माध्यामिक विद्यालयको पनि सरकारको भर्ना अभियान कै क्रममा निक्कै आकर्षण बढेको छ ।

निजी विद्यालय छाडेर यो विद्यालयमा पढ्न आउनेहरुको संख्या अधिक बनिरहेको विद्यालयले जनाएको छ । अहिले पनि यो विद्यालयमा मधेश प्रदेश र बागमती प्रदेश गरी ७ जिल्लाका विद्यार्थी अध्यण गरिरहेका छन ।

विद्यालयका प्रधानध्यापक कुमार घिमिरेका अनुसार निजी विद्यालयबाट अध्ययन गर्न आएका विद्यार्थीहरुको गुणस्तरलाई मापन गरी सोही अनुसार अध्यापन भैइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ