arrow

तत्कालिन ‘सुप्रिम कमाण्डर’ प्रधानमन्त्री प्रचण्डकाे नजरमा सेना !

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
nepali-sena-pm.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको बताएका छन् । आइतबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ । नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र वीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
 
तत्कालिन सशस्त्र द्वन्द्वको समयमा माओवादी सुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री दाहालले युद्ध र शान्तिको अन्तरसम्बन्धबारे बोल्दै भने, ‘शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागि भएर लडेकाले नै बढी बुझेको हुन्छ । बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । तर, आफै युद्धमा सहभागि भएको व्यक्तिले शान्तिको महत्व अन्य भन्दा बढी बुझेको हुन्छ । यस सन्दर्भमा नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको सकारात्मक भूमिकाको म उच्च सम्मान गर्दछु ।’
 
प्रधानमन्त्रीले नेपाली सेनाको मनोबल उच्च बनाउन, साधन स्रोतले सुसज्जित गर्न, प्रविधिको उपयोगबाट आधुनिक सेना निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  प्रधानमन्त्रीले भने, ‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ । विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ छ । शान्ति प्रक्रियाका बारेमा सेना र सरकारको समान सोंच महत्वपूर्ण छ ।’
 
प्रधानमन्त्रीले भूकम्पको उद्धार, राहत र पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, ‘विपद् व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, राष्ट्रिय निकुञ्ज र वातावरण संरक्षणमा सेनाले खेलेको भूमिका निकै महत्वपूर्ण छ । तपाईहरु ढुक्क हुनुस्, सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्नेमा सरकार स्पष्ट छ । तपाईको मनोबल उच्च राख्न सरकार हरदम तयार छ ।’
 
कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
 
_DSC2853



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ