arrow

हुण्डी कारोवारी सन्तोष जैन सहित सातलाई यसरी पक्राउ गर्‍यो प्रहरीले

logo
बिजय चौहान।
प्रकाशित २०७३ असोज १६ आइतबार
hundi-karobari-santosh-jain.jpeg
वीरगञ्ज । मुद्राको अबैध ओसारपसार (हुन्डी)मा संलग्न रहेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी सन्तोष जैनको घरमा आइतवार छापा मारी भारी परिमाणको अवैध रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको हो ।
 
सन्तोष जैनको घरबाट मुद्राको अबैध ओसारपसार ( हुन्डी) हुने गरेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण टोलीले छापामार्दा  हुन्डीका लागि जम्मा गरिए राखिएका करिब ७८ लाख रुपैयाँ नगद र एक करोड चेक सहित कारोवारसँग जोडिएका अन्य कागजात लगायतका बस्तु प्रहरीले बरामद गरेको छ ।
 
विहान ११ बजे देखी २ बजे सम्म तीन घण्टा चलेको छापामारी पछि बरामद भएका नगद लगायतका बस्तु सहित जैनका छोरा राजा जैन, विक्की जैन, उनकी श्रीमती लगायत सात जनलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 
छापामारी वारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले हुन्डी कारोवारमा संलग्न गरेका अभियोगमा सन्तोष जैन सहित सात जनालाई पक्राउ गरिएको र जैनको घरबाट भारी परिमाणमा नगद तथा विभिन्न बैंकको चेक लगायतका बस्तु बरामद गरिएको जानकारी दिए । यस विषयमा हाल अनुसन्धान भएकाले पछि पत्रकार सम्मेलन गरी घटना विवरण वारे पुर्ण जानकारी दिने प्रवक्ता जोशीले बताए । बरामद गरिएको नगद लगायतका बस्तु र पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ