arrow

बुद्ध र गान्धीको अुनसरणले मात्र देश विकास हुन्छ : सभापति देउवा

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् । 
 
तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताए । 
 
देउवाले भने , “अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ।” पूर्व प्रधानमन्त्री देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति बनेको बताए । 
 
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताए । चन्दले भने – स्वतन्त्रता, समानता र बान्धुत्व लोकतन्त्रको आधार हुन् । तीनै कुरालाई आत्मसात् गर्न सकिए मात्र मुलुकमा स्थायी शान्ति कायम हुन्छ । 
 
नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री दिनानाथ शर्माले मानव–मानवबीच रहेको भेदभाव नै हिंसा हो भने  । 
 
भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले अहिंसात्मक आन्दोलनलाई अगाडि बढाएका कारण गान्धी भारतको मात्र नेता नभई विश्वकै नेता बन्नसकेको बताए । 
 
एकेडेमीका प्राचार्य एवम् पूर्वराजदूत प्रा डा जयराज आचार्यले सन् १९०७ मा भएको राष्ट्रसङ्घ महासभाले सर्वसम्मत रुपमा अक्टोबर २ लाई विश्व अहिंसा दिवस मनाउने निर्णयअनुसार अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन थालिएको बताए  । एकेडेमीले सन् २००८ देखि नेपालमा अहिंसा दिवस मनाउँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ