arrow

६ मन्त्रीको हल बाँधेर जङ्गी अड्डा किन हानिए प्रधानमन्त्री ?

सेनाको इतिहास, विकासक्रम, जिम्मेवारीबारे प्रधानमन्त्रीलाई बुझाइयो

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
PM-ra-mini---seba.jpeg
काठमाडौं । पदभार ग्रहण गरेको दिन देखि नै निर्देशन दिन थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो समय निरीक्षणमा व्यस्त हुन थालेका छन् । 
 
केही दिन अघि चितवनको भरपुर क्यान्सर अस्पतालको निरीक्षण गरेका प्रधानमन्त्री दाहालले शनिबार मात्रै प्युठानको पहिरो, बाँकेको सिंक्टा सिचाई आयोजना र कैलालीको जमरा सिचाईको निरीक्षण गरे । 
 
आइतबार दाहाल नेपाली एका–एक मन्त्रीहरुको हल बाँधेर नेपाली सेनाको जङ्गी अड्डा पुगे । दाहाल समसामयिक विषय तथा नेपाली सेनाको काम कारबाहीबारे जानकारी लिन जंङ्गी अड्डा पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
पहिलो सरकारमा बस्दा सेनासंग राम्रो सम्बन्ध बनाउन नसकेका दाहालले अहिले सेनाको औधी प्रशंसा गरेका छन् । दाहालले त्यसक्रममा नेपाली सेनाको इतिहास सुन्ने र बुझ्ने मौका पाएका छन् । 
 
निरीक्षणमा प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, रक्षामन्त्री बालकृष्ण खाँड, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीलाई पनि साथ लिएर गए । 
 
यस्तै, प्रधानमन्त्रीसंग सरकारका मुख्य सचिव सोमलाल सुवेदी, रक्षा सचिव श्रीधर सापकोटा, प्रधानमन्त्री कार्यालय तथा रक्षा मन्त्रालयका पदाधिकारीहरु समेत रहे । 
 
जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले स्वागत गर्दै ईतिहासको कालखण्डहरुमा अनेकौं चुनौतीका बाबजुद देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको संरक्षण गरी नेपाललाई अक्षुर्ण राख्ने जिम्मेवारी समस्त नेपाली र विशेष गरी नेपाली सेनाको भएको उल्लेख गरे । 
 
नेपाली सेना व्यवसायिक तथा गैह्र राजनीतिक संस्थाको रुपमा स्थापित रहेको र रही रहने कटिबद्धता समेत क्षत्रीले गरे । प्रधानमन्त्री तथा मन्त्रीहरुलाई विभागका रथीहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यहरु र भावी कार्यदिशा सम्बन्धि प्रस्तुति राखे । प्रधानमन्त्री एक चित्त भई सुनिरहे ।    
 
रक्षा मन्त्री बालकृष्ण खाँणले नेपाली सेनाले स्थापना कालदेखि नै भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि गर्दै आएको योगदानको प्रशंसा गरे । मन्त्री खाँणले नेपाली सेनालाई अझ सशक्त र आधुनिक बनाउंदैं सेनाको क्षमतालाई थप अभिबृद्धि गर्नु पर्ने कुरामा जोड दिए । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्यहरु लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यहरुको प्रशंसा गर्दै नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवं थप क्षमतावान बनाउन नेपाल सरकारले पूर्ण सहयोग गर्ने दृढता राखे । 
 
दाहालले नेपाली सेना राज्यको अन्तिम शक्तिको रुपमा रहेको हुंदा आईपर्न सक्ने जस्तोसुकै चुनौतिहरुलाई पनि सामना गर्न सक्ने गरी तयार रहनु पर्ने कुरामा समेत जोड दिए । प्रधानमन्त्री दाहालले भूकम्पमा नेपाली सेनाले गरेको योगदानले नेपाली सेना जनता माझ सम्मानित भएको समेत उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ