- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा कीर्तिमानी योगफल बनेको छ । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले आज सिंगापुरविरुद्ध ४७१ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ४७१ रन बनाएको हो ।
ओपनर तथा कप्तान मुहम्मद वासिम र भृत्य अरबिन्दको शानदार शतकको सहयोगमा यूएईले सिंगापरलाई ४७२ रनको लक्ष्य दिएको हो ।
वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १६० रन बनाए । अरबिन्दले १३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १७४ रन बनाए ।
आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रन जोडे ।
सिंगापरका लागि अदिद्य भार्गभले ४, रमेश कलिमुथुले ३ तथा विनोद बसकरनले २ विकेट लिए ।
जवाफमा मैदानमा उत्रिएको सिंगापुरले १२ रन जोड्दा पहिलो विकेट गुमायो ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर र मूलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन भइरहेका छन् ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।