arrow

सार्क सम्मेलन सरेको आधिकारिक जानकारी, परराष्ट्रले निकाल्यो भारतलाई खुसी पार्ने विज्ञप्ति (पूर्णपाठसहित)

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
Parastra-Mantralaya.jpg.jpeg
काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनको आयोजना गर्न उचित क्षेत्रीय वातावरण नभएको भन्दै सम्मेलनको मिति सर्नेबारे आधिकारीक जानकारी दिएको छ । 
 
सार्कको वर्तमान अध्यक्ष रहेको नेपालले आइतबार पराराष्ट्र मन्त्रालयल मार्फत विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । आयोजक पाकिस्तानले पनि सम्मेलन सर्नेबारे सार्कको अध्यक्षलाई जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख छ । 
 
अध्यक्ष राष्ट्रको नाताले सम्मेलन आयोजनाका निम्ति नेपालले भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेपालले सबै राष्ट्रहरुको प्रतिनिधित्व हुने गरी सम्मेलनको सफलपूर्ण आयोजनाका निम्ति आवश्यक कदम चाल्ने बताइएको छ ।
 
नेपालले क्षेत्रीय सहकार्यका लागि शान्ति र स्थायीत्वको वातावरण आवश्यक पर्ने कुरामा विश्वास गर्ने बताएको छ । क्षेत्रमा शान्ति र स्थायीत्व प्राप्त गर्न सार्क सदस्य राष्ट्रहरुले आफुलाई कुनै पनि आंतकवादी समुहले प्रयोग नगरेको कुरा सुनिश्चित गर्नुपर्छ । 
 
आफ्नै क्षेत्रको आतंकवादी गतिविधिको पनि आलोचना गर्ने भन्दै नेपालले आंतकवादीविरुद्ध विश्वव्यापी लडाँइमा ऐक्यवद्धता जनाउने विज्ञप्तिमा भनिएको छ । 
 
नेपालले सेप्टेम्वर १८ मा भारतको उरीस्थित एक सैनिक अखडामा १८ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको आंतकवादी हमलाको समेत विज्ञप्ति मार्फत विरोध गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ