arrow

जिप ब्रेक फेल हुँदा ९ जना घाईते,२ को अवस्थामा गम्भिर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज १६ आइतबार
पाँचथर।  मेची राजमार्ग अन्तर्गत  पाँचथरको नाँगि ७ मा आइतबार अपराहन्न भएको सवारी दुर्घटनामा परेर ९ जना घाईते भएका छन् । घाईते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
 
गम्भिर घाईते हुनेहरुमा तेल्लोक ६ ताप्लेजुङ वस्ने ४६ वर्षिय धनमाँया भट्टराई,सोही स्थान वस्ने ३१ वर्षिय भिम प्रसाद गौतम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले झापाको विर्तामोड स्थित बि.एण्ड सी हष्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले बताए ।
 
यस्तै अन्य ६ जना घाईतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले वताए । सवारी र चालक इलामका बुद्धि बहादुर राउत भने प्रहरीको नियन्त्रणमा छन् । चालक राउत पनि घाईते भएका छन् । विर्तामोडबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ ज १९६३ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ