arrow

पूर्वमहामन्त्री गुरुङको सम्झना

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
sanjhana-kaml-thapa.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रथम वार्षिक स्मृतिसभा भएको छ । 
 
पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आइबार आयोजित सभामा पूर्वमहामन्त्री गुरुङले मुलुकको राजनीतिक विकासक्रममा पु¥याएको योगदानको स्मरण गरियो । 
 
पार्टी अध्यक्ष कमल थापाले गुरुङ निष्ठावान् तथा आदर्श राजनीतिज्ञ भएको स्मरण गर्दै गुरुङले देश र जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गरेको बताए । 
 
उनले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेकाले वैदेशिक हस्तक्षेप बढ्दै गएको छ भन्दै सबै राष्ट्रवादी शक्तिको एकताको खाँचो औँल्याए । 
 
पार्टीका उपाध्यक्ष टङ्क ढकाल र निरञ्जन थापाले महामन्त्री गुरुङले सङ्गठन निर्माणमा खेलेको भूमिकाका बारेमा बताउँदै संविधान संशोधनको औचित्य नरहेको प्रष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ