arrow

खेलाडीहरु क्रिकेटप्रेमीसँग सेल्फी खिच्दै [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
cricketers-selfie.jpg

काठमाडौं । वर्षाका कारण नेपाल र साउदी अरेबियाबीच मूलपानी क्रिकेट मैदानमा हुने भनिएको एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गतको खेल रद्द भएको छ । वर्षा हुने क्रम नरोकिएसँगै खेलमा टससमेत नभइ खेल रद्द भएको हो । 

खेल समयमा नहुँदा नेपाली खेलाडीहरु भने क्रिकेटप्रेमीहरुसँग सेल्फी लिन व्यस्त देखिन्थे । 

यो खेल रद्द हुँदा दुवै टिमले १–१ अंक पाएका छन् । नेपाल १ अंक जोड्दा समूहको शीर्ष स्थानमै रहेर सेमिफाइनलमा पुगेको छ । नेपालको ३ खेलबाट ५ अंक भएको छ ।  ३ खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ । 

खेल रद्द हुँदा साउदीको ३ खेलबाट ३ अंक भएको छ । अन्तिम खेलमा नेपालले कतारसँग खेल्नेछ । कतारसँग हार्दा पनि नेपाललाई फरक पर्ने छैन । रन रेट राम्रो भएका कारण नेपाल कम्तीमा उपविजेता भइसकेको छ । कतारलाई जित्दा समूह विजेता हुनेछ । 

मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो । तर त्यो सफल हुन सकेन । जबकि यो मैदानमा अन्य विदेशी टिमले भने खेलिसकेका छन् । 

हिजो साँझदेखि भएको वर्षा रोकिँदै फेरि आउँदै गर्दा समस्या भएको हो । मौसम पूर्वानुमान महाशाखाले दिनभर नै उपत्यकाको मौसम बिग्रने जनाइसकेको छ । 

कीर्तिपुर मैदानको हङकङ र बहराइनबीचको खेल पनि रोकिएको छ । 

यो खेल पनि रद्द भएको छ । यससँगै समूह बी मा ३ खेलबाट ५ अंकको हङकङ शीर्ष स्थानमा छ । ३ खेलबाट ४ अंकको यूएई दोस्रो स्थानमा छ । बहराइन ३ खेलबाट ३ अंकसहित तेस्रो तथा कुवेत २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । ३ खेलबाट अंकविहीन सिंगापुर पुछारमा छ । 

IMG-20230424-WA0007.jpg
IMG-20230424-WA0009.jpg
IMG-20230424-WA0017.jpg
IMG-20230424-WA0019.jpg
IMG-20230424-WA0011.jpg
IMG-20230424-WA0013.jpg
IMG-20230424-WA0005.jpg
IMG-20230424-WA0015.jpg
IMG-20230424-WA0003.jpg
IMG-20230424-WA0001.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ