arrow

प्रधानमन्त्रीको कार्यकालदेखि सांसदको संख्या घटाउन माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए । 

उनले भने “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी–दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । ” 

उनले प्रतिनिधि सभामा सदस्य सङ्ख्या  दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए । 

विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ । “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ”, उनले भने ।

नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ