राष्ट्रिय सभाबाट संसदीय समितिका सदस्य चयन, प्रतिनिधि सभाका बाँकी
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
581
Shares
तस्बिर – फाइल ।
काठमाडौं । संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाका तर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ । जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।
प्रतिनिधि सभातर्फबाट जाने सदस्य भने बाँकी रहेका छन् । प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सदस्य मनोनयनको अजेन्डा राखे पनि प्रमुख तीन दलले नाम नदिँदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाइएको छ ।