arrow

संविधान संशोधन पर्खनुस्-मधेश, थारु र मगरहरुलाई न्याय हुन्छ : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
PM-magar-new.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी सहमतिको प्रयास भइरहेको बताएका छन् । 
 
सोमबार विहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने,  ‘संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेकै छ । 
 
तर, विगतमा संविधान निर्माण गर्दा मधेश, थारु र मगरहरुको कलष्टर अलग–अलग पर्न गयो । यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको छ ।’
 
भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए । 
 
भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ