arrow

पोखरा र ताप्लेजुङ सडक दुर्घटनाप्रति कांग्रेस दुःखी, घाइतेको उपचार गर्न माग

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली कांग्रेसले पोखरामा भएको बस दुर्घटनाप्रति दुःख प्रकट गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख जनाएका हुन् । 
 
काठमाडौंबाट बाग्लुङ गइरहेको बस सोमबार विहान पोखरा उपमहानगरपालिका २७ हेम्जाको याम्दीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने, ३६ जना घाइते भएका थिए । 
 
यस्तै, विज्ञप्तिमा ताप्लेजुङ नगरपालिका ६ स्थित सुकेटारमा भएको जीप दुर्घटनाका घाइतेको समेत शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले घाइतेको स्वास्थ्योपचारका लागि सरकारसंग माग गरेको छ ।
 
असोज १७, २०७३
प्रेस विज्ञप्ति
 
काठमाडाँैबाट बाग्लुङतर्फ गैरहेको रात्रि बस आज विहान पोखरा उपमहानगरपालिका वडा नं. २७ हेम्जाको याम्दी पुल नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु र २६ जना घाइते तथा ताप्लेजुङको ताप्लेजुङ नगरपालिका वडा नं. ६ स्थित सुकेटारमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपाली कांग्रेस मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्थाका लागि सरकारसँग माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ