arrow

यस्तो छ चाडपर्व विषेश सुरक्षा रणनीति ?

logo
राजन परियार,
प्रकाशित २०७३ असोज १७ सोमबार
nepal police.png.png
सिन्धुली । दशै, तिहार तथा छठपर्वलाई सुरक्षित र व्यवस्थित गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी चाडपर्व विषेश सुरक्षा रणनीति सार्वजनिक गरेको छ । 
 
चाडपर्व अवधिभर जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरुसँग समन्वय गरी प्रहरीको व्यापक परिचालन गर्ने, आर्थिक कारोबार हुने बैंक तथा वित्तिय संस्थाहरुमा सादा पोसाकमा प्रहरीबाट निगरानी गर्ने, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा भएका पालो पहरोको अभिलेख राखि नीजको चेक–जाँच तथा अनुगमन गर्ने, बजार क्षेत्रमा पिकेट डिउटी व्यवस्था गर्ने, सम्बन्धित प्रहरी कार्यालयबाट २४ सै घण्टा मोवाइल ड्युटी तथा मोटरसाइकल गस्तीको व्यवस्था गर्ने भनिएको छ । 
 
त्यसैगरी कुनै घटना घटेमा कम्तिमा ५ जनाको टोली तयारी अवस्थामा राख्ने, चाडपर्वमा हुने धुमपान तथा मद्यपान न्यूनिकरणको लागि अनिवार्य रुपमा घरदैलो कार्यक्रम गर्ने, तीव्र गतिबाट हुने सवारी दुर्घटना नियन्त्रणका लागि गतिमापन यन्त्र (राडर गन) को प्रयोग गरी न्यूनिकरण गर्ने, टाइम कार्डको कडाईका साथ कार्यान्वयन गर्ने, स्थानिय रेडियो तथा पत्रिकाबाट सुरक्षा सम्बन्धि सचेतनामुलक सन्देश प्रसारण गर्ने र स्थानीय स्तरमा केही समस्या परे नजिकको प्रहरी कार्यालय सम्पर्क गर्न सकिने प्रहरी उपरीक्षक उमाशंकर पंजियारले बताए । 
 
यस्तै, २०७३ वैशाख १ गतेबाट हालसम्म गरिएका काम, अपराध नियन्त्रण, रोकथाम र अनुसन्धान सम्बन्धि प्रगति विवरण समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ