arrow

डा. केसीको समर्थनमा रेसिडेन्ट चिकित्सक आन्दोलित, यस्तो छ चेतावनी ?

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
GKC-news-OPD.jpeg
काठमाडौं । चिकित्सा क्षेत्रको वेतिथिविरुद्ध संघर्षरत बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको समर्थनमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का आवासीय चिकित्सकहरु समेत आन्दोलित भएका छन् । 
 
नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले सोमबार विज्ञप्ति जारी गरी मंगलबारबाट सम्पूर्ण रेसिडेन्ट डाक्टरहरु आ–आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत पर्ने अपरेशन र ईमर्जेन्सी बाहेकका अन्य कुनै पनि काम नगर्ने जनाएको छ ।  
 
ओपीडी बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मेडिकल शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन लामा समय देखि प्रयत्नरत डा. गोविन्द केसीले उठाउनु भएका मागहरु कुनै न कुनै रुपमा अन्ततः मेडिकल शिक्षा र समग्र स्वास्थ्य क्षेत्रकै सुधारसंग जोडिएको छ भन्ने हाम्रो संस्थाको बुझाई छ ।
 
नवौं सत्याग्रहमा हामी समस्त रेसिडेन्ट डाक्टरहरु ऐक्यवद्धता जाहेर गर्दछौं र उक्त सत्याग्रहलाई सार्थक वन्दुसम्म पुर्याउन सम्बन्धित सबैबंग आग्रह गर्दछौं –भनिएको छ । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ ।
 
एशोसिएसनका अध्यक्ष डा. लिजन महर्जनका अनुसार आईओएमका आवासीय चिकित्सकहरु आइतबारदेखि नै पठन–पाठन लगायत शैक्षिक कार्यक्रममा सहभागि भएका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ