सामुदायिक विद्यालयमा टाइ अनिवार्य नगर्न काठमाडौं महानगरको पत्र
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ ।
बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९–१२–२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिकाभित्र संचालित सामुदायिक विद्यालयका कुनै पनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’