arrow

सरकारलाई खबरदारी गर्नेछौँ : महासचिव पोखरेल

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
ishwor-pokhrel.jpeg
काठमाडौँ। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन खबरदारी गर्ने बताएका छन् । 
 
नेकपा (एमाले)का पोखरेलले विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा सोमबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन देशव्यापी रुपमा खबरदारी गराउने बताए । 
 
सरकारमा नहुँदा पनि पार्टीको मिसन नबदलिएको उल्लेख गर्दै उनले भने  –“संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमानले उठेको शिर झुक्न नदिने, छिमेकीहरुसितको शताब्दीदेखिको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने, परनिर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने मिसन अहिले पनि कायम छ ।” 
 
पोखरेलले चाडपर्वका अवसरमा पनि पार्टीका विचारका पक्षमा छलफल गर्ने उल्लेख गर्दै चाडपर्वहरु कुनै एक जाति, धर्म सम्प्रदाय, क्षेत्रबीच मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा पुर्खाले निर्माण गरेका सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको धारणा राखे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ