arrow

नर्भिकको बेडमा रहेका मातृका प्रचण्ड देखेर मुस्कुराए, भने-सहयोग चाहिँदैन

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
PM-ra-matrika.jpeg
काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादवलाई प्रधानमन्त्री दाहालले भेटेका छन् । सोमबार दिउँसो भेटका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री दाहालले यादवको स्वास्थ्य अवस्थावारे जानकारी लिए । 
 
दाहालले कस्तो छ ?  भनेर सोध्दा मातृकाले जोर्नी दुखाईले सताइरहेको सुनाए । प्रधानमन्त्री दाहालले भेटका क्रममा सरकार वा आफुबाट कुनै सहयोग चाहिन्छ ? भन्दा मातृकाले भने, ‘ठिकै छ, उपचार भइरहेको छ । तत्काल सहयोग चाहिँदैन ।’ दाहाल भेट्न आएको देखेर मातृका मुस्कुराए ।  
 
जोर्नीको समस्या भएपछि मातृका केही दिन अघि अस्पताल भर्ना भएका थिए । ९ वर्ष अघि दाहालले पहिलो पटक सरकार चलाउँदा मातृका वन तथा भू-संरक्षण मन्त्री थिए । यादव ’रक्त चन्दन’, सैन्य व्यारेकमा रहदा बँदेलको मासु खाएको र ‘भ्रष्ट’ भन्दै कर्मचारीलाई सौचालयमा थुनेकाे जस्ता थुप्रै गतिविधिले चर्चामा रहे । उनले डीएफओलाई शौचालयमा थुनेका थिए । 
 
पछि आलोचना खेप्न नसकेपछि राजीनामा दिएर पार्टीबाटै अलग हुँदै छुट्टै समूह बनाएका थिए । गत जेठमा भएको एकता भेलामा यादव फेरि पुरानै घर फर्किए । २०२८ देखि नै राजनीतिमा होमिएका यादव सुरूमा नेपाली काङ्ग्रेसमा झुकाव राख्थे । २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएपछि उनमा कांग्रेसप्रति वितृष्णा जागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ