arrow

मदिरा व्यवसायीको पीडा: खुला सीमा र बढ्दो करले डुबियो

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख १९ मंगलबार
madira-byabasayee-butwal.jpg

रुपन्देही । सरकारले ल्याउने बजेटको मदिरा कर नीतिमा अन्तशुल्क बढाए व्यवसाय पलायन हुने अवस्थामा आएको मदिरा व्यवसायीहरुको गुनासो छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा मदिराको कर नीति सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी व्यवसायीहरुले नेपाल-भारत खुला नाका र बढ्दो करको दरले मदिरा व्यवसाय पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका हुन् ।

मदिरा ब्यवसायी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा प्रत्येक वर्ष अन्तशुल्क बढ्ने र अर्कोतर्फ खुला सीमाका कारण अवैध रुपमा मदिरा भित्रिदा स्थानीय बजारका मदिरा व्यवसाय धरापमा परेको बताएका हुन् ।

मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य हरिबहादुर भण्डारीले मदिराको ब्राण्ड भ्यालु छुटयाउनुपर्ने बताउँदै विश्वब्यापी नै ७० यूपीए अवैध मदिरा हुने भए पनि यस्ता मदिरालाई सरकारबाट आवश्यक रोकथाममा ध्यान नदिएको भन्दै व्यवसायीहरुलाई चर्को राजस्व लगाइदिएर लगानी गरेर पनि स्वदेशमा व्यवसाय गरी बाँच्न पाउने वातावरणबाट बञ्चित गर्न अग्रसर रहेको दुखेसो पोखे ।

निवर्तमान अध्यक्ष कृष्णप्रसाद नेपालले कूल राजश्वमा २५ प्रतिशत योगदान दिँदै आएका मदिरा ब्यवसायीहरुप्रति सरकार अनुदार रहेको आरोप लगाउँदै मदिरा ब्यवसायबाट ५० प्रतिशत भन्दा बढी कर उठ्न नसक्नुले वर्तमान अवस्थामा सिर्जना भएको ठोकुवा गरे।

मदिरा संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरिराज पौडेल र संघका द्वितीय उपाध्यक्ष बाबुराम ज्ञवालीले सरकारबाट अधिकतम मूल्य बढाएर नभइ अधिकतम बिक्री बढाउनुपर्ने सुझाव दिए ।

संघका अध्यक्ष कृष्ण गौतमले सरकारले करमा मात्रै ध्यान दिएकाले मदिरा व्यवसायी पलायन हुनुपर्ने अवस्था आइपुगेको बताए ।

यस्तै वरिष्ठ उपाध्यक्ष हिमाल भुषालले सरकारले व्यवसायलाई हेर्ने दृष्टिकोण कारण अब नेपालमा काम गरेर जीवनयापन गर्ने सहजता हराउँदै गएको उल्लेख गरे । 

महासंघका केन्द्रीय सदस्य सन्देश कक्षपति, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद भट्टराई, संघका पूर्व महासचिव प्रितम गिरी लगायतले सरकारले प्रत्येक वर्ष कर नीतिको मूल्य बढाउँदा स्वदेशी ब्यवसायीहरु ठूलो मारमा परेको जनाए ।

केन्द्रीय सदस्य रमेश बेल्बासे र संघका महासचिव किशोर पन्थीले सीमा क्षेत्रबाट भित्रने अवैध मदिरा रोक्न सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दा पनि चासो नदेखिएको आक्रोश पोखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ