arrow

हिन्दु राज्य कायम गर्न वाहिनीको आग्रह

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
hindibahini.jpeg
काठमाडौं। नेपालमा हिन्दु राज्य कायम गर्नका लागि हिन्दु युवा वाहिनी नेपाल नामक धार्मिक संस्थाको घोषणा गरिएको छ । असोज १७ गते  पशुपतिनाथ मन्दिरको सरसफाई कार्यक्रमबाट स्वामी गुरु लोकनाथ अधिकारीले  शंखनाथ गरी अभियानको शुभारम्भ गरेका हुन् ।
 
कार्यक्रममा हिन्दु युवा वाहिनी नेपालका संयोजक ज्ञानेन्द्रराज भट्टले हिन्दु राज्य स्थापनाको लागि जस्तो सुकै चुनौतीको पनि सामना गर्न आफूहरु तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै पशुपति विकाश कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले विश्वमा सुख र शान्तिको सन्देश दिनको निम्ति पनि हिन्दु धर्म अपरिहार्य रहेकोमा जोड दिदै नेपालको पहिचानलाई  विश्वमा चिनाउनको निम्ति हिन्दु राज्य  नै हुनुपर्ने बताए ।
 
  हिन्दु युवा वाहिनी नेपालका संरक्षक राजनीतिज्ञ तथा धार्मिक नेता हरिबोल भट्टराईले नेपालमा हिन्दु राज्य स्थापनाको निम्ति युवाहरुको विशेष भूमिका आवश्यक भएको बताउँदै जस्तो सुकै संर्घषको लागि पनि तयार रहन आग्रह गरे । जनताको अनुमोदनविना जर्बरजस्ति ल्याइएको धर्म निरपेक्षतालाई कुनै हालतमा पनि हिन्दुधर्मालम्वीहरुका लागि मान्य नहुने धार्मिक नेता भट्टराईले दाबी गरे ।
 
 केही नेताहरुको स्वार्थपूर्तिको लागि भएको यो निर्णयलाई जनताबाट अनुमोदन गर्न उनले चूनौति दिए । वाहिनीको मुख्य उद्देश्य हिन्दु राज्य कायाम गर्न, सामाजिक कार्यका साथै रचनात्मक कार्य गर्ने,गरिब, आदीबासी, जनजाती, उत्पिडीत वर्गको लागि हरेक विषयमा आवाज उठाउने रहेको संगठन विभागका प्रमुख प्रद्युम्न कार्कीले बताए । करिब २ सय युवाहरुको सहभागितामा सरसफाई कार्यक्रम भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ