arrow

प्रधान सेनापतिले सकलदर्जालाई के भने ?

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
rajendra-ksh-ne.jpeg
काठमाडौं । प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले स्वदेश तथा विदेशमा तैनाथ नेपाली सेनाका सकलदर्र्जालाई सम्बोधन गरेका छन् । 
 
सोमबार जङ्गी अड्डाको सभा मण्डपमा एक कार्यक्रमबीच प्रधान सेनापति क्षत्रीले स्वदेश तथा विदेशमा तैनाथ रही कर्तव्यपालनामा समर्पित नेपाली सेनाका सकलदर्र्जा, नेपाली सेनामा सेवारत निजामति कर्मचारी, अवकाश प्राप्त सैनिकहरु तथा उनीहरुका  परिवारजनलाई ‘विजया दशमी २०७३’ को शुभ–कामना दिए । 
 
कार्यक्रममा प्रधान सेनापति क्षत्रीले विगत एक वर्षको अवधिमा भएका महत्वपूर्ण अपरेशनल, बन्दोबस्ती तथा कल्याणकारी कार्यहरुको प्रगति तथा भावी कार्यदिशा बारे जानकारी गराए । सकलदर्जाहरुलाई उच्च हौसला एवं उच्च मनोबलका साथ थप व्यवसायिक, निष्ठावान र ईमान्दारी पूर्वक आ–आफ्नो जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ