arrow

मालेको एक टुक्रो एमालेमा, भित्र्याउँदै ओलीले यसो भने ?

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । नेकपा माले प्रगतिशील जनवादी पार्टी एमालेमा विलय भएको छ । 
 
सो पार्टीका महासचिव मधु चालिसेसहित करिब १५० जनालाई लिएर एमाले छिरे । केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायत नेताले उनीहरुलाई स्वागत गरे । 
 
यसअघि मालेको केन्द्रीय सदस्य रहेका ललितपुर निवासी चालिसेले एक वर्षअघि पार्टीबाट निष्क्रिय भई नयाँ समूह बनाएका थिए । 
 
नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीमा आउने सबै नयाँ नेता कार्यकर्तालाई योग्यता र क्षमताबमोजिम उचित जिम्मेवारी दिइने बताए । 
 
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले सञ्चालन गर्ने संविधान कार्यान्वयनसम्बन्धी अभियानमा सक्रिय रुपमा सहभागी हुन कार्यकर्तालाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ