arrow

सिटौलाले खाए शपथ

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
RamPrasad-Sitaula.jpeg
काठमाडौँ। प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायपरिषद् सदस्य रामप्रसाद सिटौलालाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । कार्कीले बालुवाटारमा शपथ दिलाएकी हुन् । 
 
वरिष्ठ अधिवक्ता सिटौला सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट न्यायपरिषद् सदस्यमा नियुक्त भएका थिए । न्यायपरिषद् सदस्यका लागि सिटौलाको आइतबार संसदीय सुनुवाइ भएको थियो । 
 
नेपाल बार एशोसिएशनले केही समयअघि उनलाई न्यायपरिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।सिटौला केपी ओली प्रधानमन्त्री हुँदा सुनुवाईबाटै फिर्ता बोलाइएका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ