arrow

अन्तर्राष्ट्रिय विषयमा नेपालको साझा दृष्टिकोण हुनुपर्छ : पूर्वसभामुख नेम्वाङ

चैतभित्र स्थानीय निकाय निर्वाचन हुँदैन : खरेल

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
subash-chand-nembang.jpeg
झापा । पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने बताएका छन् । 
 
बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र एमाले बिर्तामोड नगर कमिटीले सोमबार गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले मुलुकमा कुनै पनि समस्या देखापरे आपसी छलफल, संवाद र सहमतिबाट टुङ्ग्याउनुपर्छ भने ।  
 
उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई खेलाँचीका रुपमा हेर्न नहुने बताउँदै वर्तमान सरकारको व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै फाइदा नपुग्ने विचार राखे । 
 
चैतभित्र स्थानीय निकाय निर्वाचन नहुने 
एमाले नेता अग्निप्रसाद खरेलले आगामी चैतभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने बताए ।  
 
एमाले दमक नगरकमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वकानुनमन्त्री खरेलले आवश्यक विधेयक संसद्मा पेस नभएका कारण चुनाव सम्भव नभएको भनाइ राखे । 
 
संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य चुनौती भएको बताउँदै उहाँले संविधानअनुसार स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने बताए । 
 
संविधानले स्थानीय तहलाई पूर्ण रुपमा अधिकार प्रदान गरेको बताउँदै उनले भने, ‘स्थानीय पुनःसंरचना निर्धारण आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको पुनःसंरचनालाई अघि बढाउनुपर्ने हुन्छ ।’ रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ