arrow

श्रेष्ठलाई थुनामा राख्नाको कारणबारे आदेश

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
Supreme-Court4.jpg.jpeg
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले नवराज श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राख्नुपर्नाको कारण खोली २४ घन्टाभित्र लिखित जवाफ दिन सोमबार आदेश जारी गरेको छ । 
 
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले थुनामा राख्नुपर्नाको कारण देखाई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउन आदेश जारी गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताए । आदेशमा भनिएको छ, “बन्दी बनाउनको कारण र आधार समेत खुलाई आदेश प्राप्त भएको २४ घन्टाभित्र लिखित जवाफ पेस गर्नू ।” 
 
गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै श्रेष्ठकी श्रीमती सानुमायाले केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ