arrow

काँग्रेसको आन्तरिक विवाद केन्द्रदेखि गाउँसम्म, ब्यानर च्यातेर कुर्सीमाथि रीस

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक विवाद केन्द्रदेखि  गाउँसम्म उत्तिकै मौलाएको छ । त्यसको उदाहरण सोमबार काठमाडौंमा हुनुपर्ने कार्यक्रम स्थगित हुनुले स्पष्ट पार्छ ।  
 
नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ । 
 
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेको जनाउँदै असन्तुष्ट पक्षले ब्यानर च्यात्नाका साथै कुर्सी फालेका थिए । 
 
तनाव उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् । 
 
समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरिएको जिकिर गरे । 
 
अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिई कार्यक्रम गरेको जनाउँदै केहीले असन्तुष्टि जनाएका हुन् । 
 
समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा अन्त्य गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ