arrow

दशैंको चौथो दिन कुष्माण्डाको पूजा गरिँदै, यस्तो छ सामाजिक महत्व

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
kusmanda.jpeg

काठमाडौं । नेपालीहरूको महान् पर्व नवरात्रिको चौथो दिन आज हिन्दूधर्मालम्बीहरूले कुष्माण्डाको पूजा गर्दैछन् । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरी चतुर्थी पर्व मनाईँदै छ । 

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ्र । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ । 
 
विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ । आश्विन शुक्ल पक्षको दशमी यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण यस दशमीलाई विजया दशमी भनिएको हो । 
 
वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने गरिन्छ  । नयाँ कपडाहरू लगाउने, मिठो खाना खाने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
 
सामाजिक महत्व
 
नेपाल कृषि प्रधान देश हुन्  । जब कृषक आफ्नो खेतमा सुनौलो बाली उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ । त्यतिबेला उसको खुसी एवं उमंगको सीमा हुँदैन । यस खुसीको अवसरमा भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । 
 
दसैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा विजया दशमी का नामले पनि चिनिन्छ  । दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ ।
 
दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमी  भनिन्छ । यो पर्वमा माता दुर्गाले महिषासुर,शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ