arrow

मेरो दशैं – आमाले कपडा ढिलो किनिदिँदा मज्जाले रोएँ : अनिल गुरुङ

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
Anil-Gurung-Photo-(1).jpeg
काठमाडौ । नेपालीहरुको महान चार्ड बडादशैं सुरु भइसेकेको छ । अरुलाई जस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अनिल गुरुङलाई पनि दशैं लागिसकेको छ । हाल राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा व्यस्त रहेपनि गुरुङभने दशैको माहोलमा भिजिसकेको बताउँछन् । फुटबलर गुरुङले यसपालिको दशैं कसरी मनाउँदैछन् ? गुरुङको दशैं योजना के-के छन् ? उनको आफ्नै शब्दमा । 
 
दशैं समान्य लागेको छ । आगामी नोभेम्वरमा मलेशियामा हुने सोलिडारिटी कपका लागि अहिले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमै छु । अब दुईचार दिनपछि छुट्टी हुन्छ । अनि घर जान्छु । -उन्मुक्त्त हाँसोमा_ त्यसपछि चाहिँ दशैं अलिक लाग्ला कि !
 
घुमफिर
 
दशैं यसपालि घरमै मनाउँछु । समय पनि पर्याप्त छैन त्यसैले बाहिर घुम्न जाने योजना छैन । परिवारलाई त्यति समय दिन पनि पाएको छैन । त्यसैले यसपालिको दशैं घरमै परिवारका साथ मनाउने तयारी छ । घुमफिरमा साथीभाइहरुसँग पोखरा र आसपासको ठाउँ घुम्न गइन्छ होला ।
 
सपिङ
 
सपिङ त्यस्तो गरेको छैन । सानोमा मात्र एकदम रहर लाग्थ्यो । अरुले नयाँ लुगा लगाएको देखेर आफुलाई पनि त्यस्तै चाहिने । जे होस् आमाले भए नभए पनि पुर्‍याइदिनु हुन्थ्यो । यसपालि आफुलाई खाँसै सपिङ गर्दिन । परिवारलाई चाहिँ सपिङ गर्न बाँकी छ । त्यो पनि पोखरा गएरै गर्छु । 
 
सपिङमा बढी जुत्ताहरु किन्छु । जुत्ताको म सौखिन छु । मलाई राम्रो-राम्रो जुत्ता लगाउन पर्छ । प्राय: कपडाहरुमा जिन्स पाइन्ट र टिसर्टहरु नै लगाउँछु । कपडा अलिक राम्रो चाहिन्छ त्यसैले ब्रान्डेड नै प्रयोग गर्छु । 
 
दशैं स्पेशल
 
दशैंको लागि स्पेशल भनेर त्यस्तो खाँस त केही छैन । केही साथीहरु धेरै वर्षपछि बाहिरबाट आउँदैछन् । त्यही हो साथीभाइ जमघट गरेर कुनै नजिकको ठाउँमा रमाइलो गर्न जाने प्लानमा ५ । साथीभाइसँग जमघट भएपछि यतिकै स्पेशल हुन्छ नि, होइन र ?
 
बाल्यकालको दशैं
 
अहो ! एकदमै रमाइलो हुन्थ्यो नि बच्चाबेलाको दशैं त । नयाँ कपडा लगाएर हिँड्न पाइने । फेरि म सानैदेखि कपडाको सौखिन । खाली नयाँ र राम्रो कपडा लगाउनुपर्ने । अहिले पनि त्यस्तै छु । 
 
चङ्गा खुब उडाइथ्यो । अझैपनि झलझली याद आउँछ । फेरि म चङ्का उडाउन माहिर थिए । धागो सकिउन्ज्याल चङ्का माथि-माथि उडाउँथे । एकपटक चङ्गा डाँडै काटेर गएको छ ।  
 
फेरि सानोमा दक्षिणा थाप्दाको खुशी नै अर्कै । धेरै पैसा हुने । यति भएसी केटाकेटीलाई के चाहिँयो । तर बाल्यकालको दशैंलाई म एकदमै मिस गर्छु । अहिले त त्यस्तो रमाइलो कहाँ हुनु । अहिले त दशैं आएको पनि फिलै हुन्न । 
 
दशैंको अविस्मरणीय क्षण
 
ठ्याक्कै त्यस्तो अविस्मरणीय क्षण त छैन । तैपनि एकपटक आमाले दशैंमा लुगा किनिदिन्छु भन्नु भो तर ढिला गर्नु भो । त्यसबेला म मज्जाले रोएँ तर पछि किनिदिनु भएपछि फेरि पुरानै अवस्थामा फर्कीहालेँ नि । 
 
अर्को भनेको सानोमा टिका लगाइन्थ्यो पछि परिवारले बौद्ध धर्म मान्न थालेपछि टिका लगाउन छोडियो । त्यो सम्झेर अझैंपनि नरमाइलो लाग्छ । अहिले पनि आमालाई फेरि टिका लगाऔं भन्छु । जवाफमा उहाँले हुन्छ मात्र भन्नुहुन्छ । टिका नलगाएपछि त दशैं पनि खल्लो हुने । अन्त्यमा  सम्पूर्ण नेपालीमाँझ र मेरा फ्यानहरुलाई बिजय दशमीको शुभकामना भन्न चाहान्छु ।  
 
प्रस्तुती : विवेक खिम्दुङ्ग
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ