- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बेलायतका राजाको राज्याभिषेकमा सहभागी परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत जाने भएका छन् ।
मन्त्री साउद आज बेलायत प्रस्थान गर्दै छन् ।
महारानी एलिजाबेथ द्वितीयाको मृत्यु भएसँगै बेलायतमा राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेक हुन लागेको हो ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले बुधबार जनाएको हो ।
मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने बताइएको छ ।