arrow

प्रहरी दिवसको अवसरमा मिनी म्याराथन

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
police-man.jpg.jpeg
सुरुङ्गा (झापा)। एकसठिऔँ प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको विर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ।
 
अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित आयोजना गरेको सो चार किमीको दौड प्रतियोगितामा ६० जनाको सहभागिता थियो। प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न सङ्घ संस्थाका पदाधिकारीले भाग लिएका थिए।
 
प्रतियोगितामा कालीबहादुर गण चारआलीका वुद्धराज तामाङ प्रथम, सोही गणबाटै आइजनिक रुचाल दोस्रो र वुद्धराज लिम्बू तेस्रो भए।
 
विजयी सबैलाई अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजालले पुरस्कार प्रदान गरे। विजयीलाई पुरस्कार प्रदान गर्दै वरिष्ठ प्रहरी उपरीक्षक रिजालले २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले जनस्तरमा अझैं पनि पर्याप्त काम गर्न नसकिरहेको र प्रहरीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएपनि प्रहरी खुलेर साथी बन्न नसकेको बताए।
 
उनले जनस्तरमा काम गर्ने प्रहरीलाई साथी बनाएर अपराध नियन्त्रणमा सहयोग पुर्‍याउन पनि सबैलाई आग्रह गरे।
 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष उमेश डालमिया, विर्तामोड शाखाका अध्यक्ष बलराम कार्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटी, उपभोक्ता हकहित संरक्षण मञ्चका मदनगोपाल सुब्बालगायतले प्रहरीले गर्दै आएको कार्य उत्कृष्ट रहेको र विश्वसामु नेपाल प्रहरीले नेपालको नाम राख्न सफल भएकाले आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्दै जान सल्लाह दिएका थिए।
 
कार्यक्रम इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जर्नादन घिमिरेले संयोजन गरेका  थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ