arrow

मागेर दशै‌ं मनाएको थाहा पाए ठाउँको ठाउँ कारबाही गर्छुु : एसपी भण्डारी

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असोज १८ मंगलबार
SP-news-aa.jpeg
विराटनगर । मोरङ प्रहरी प्रमुुख एंव प्रहरी उपरीक्षक एसपी सन्दीप भण्डारीले मागेर दशैं मनाउन खोज्ने प्रहरीलाई सख्त कारबाही गर्ने दृढता राखेका छन् । 
 
मातहत युनिटका प्रहरी प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालयमा निर्देशन दिँदै एसपी भण्डारीले भने, ‘मागेर दशैं मनाएको थाहा पाए ठाउँको ठाउँ कारबाही गर्न पछि परिन्न ।’
 
सरकारले नेपाल प्रहरीलाई तलब दिएको छ, भत्ता दिएको छ । किन कसैसंग  हात थाप्न जाने ? भन्दै मण्डारीले प्रहरीले नै माग्दै हिँडे भने प्रहरीप्रति जनताको विश्वास घट्ने बताए । 
 
प्रहरीले सबै सुविधा पाएका छन् । गस्तीगर्ने नाममा पेट्रोल माग्ने फूलपाती मनाउने नाममा चन्दा माग्ने प्रवृति अब अन्त्य हुनुपर्छ त्यस्तो प्रवृतिलाई कुनैपनि हालत हामी स्वीकार गर्दैनौं,–भण्डारीले भने ।  
 
नेपाल प्रहरीप्रति जनताको ठूलो भरोसा र विश्वास छ । त्यसकारण समेत प्रहरी समस्याको कारण बन्नु हुँदैन, भण्डारीले भने, ‘प्रहरीको काम समस्या समाधान गर्ने हो समस्या सिर्जना गर्ने होइन ।’ 
 
जनतासंग मिलेर काम गरेको प्रसंग उल्लेख गर्दै एसपी भण्डारीले जनताको घरदैलोमा जानुुस् र उनीहरुको समस्या बुझ्नुस् । जनतासंग समन्वय गरेर काम गर्नु हरेक प्रहरीको कर्तव्य हो–गम्भीरताका साथ भने । 
 
फेरि पनि भण्डारीले भने, ‘कहीँ कतै मागेको थाहा पाए भने मैलै ठाउँको ठाउँ कारबाही गर्छु । तपाई हरुलाई यही अन्तिम आग्रह हो । पछि मलाई केही भन्न पाउन हुन्न ।’
 
आजका दिन सम्म मैले पूर्ण जिम्मेवार भएर काम गरे । निष्पक्ष र निस्वार्थ भावनाले काम गरे, भण्डारीले भने, ‘म तपाईहरुलाई पनि सोही बाटो अवलम्बन गरी असरदार काम गर्नुस् भन्न चाहन्छु ।’ 
 
तपाईहरुले कर्तव्यनिष्ठ भई काम गरिदिनु होला । अहिले जे गरिरहनु भएको छ ठिक छ, अब साना कुरालाई लिएर छवि विर्गानु भनेको आफु मात्र नभई सिंगो समाजका लागि घातक हो । 
 
सबै नागरिकले शान्तिपूर्ण रुपले दशैं मनाउनुपर्छ भन्ने ध्ययलाई ख्याल गर्नु हाम्रो दायित्व हो–एसपी भण्डारीले भने ।
 
वर्षमा एक पटक आउने दशैं निश्चिन्त भई मनाउन पाउने वतावारण बनाउन व्यपारीक प्रतिष्ठान, दशैं पूजा हुने मठमन्दिर चोक–चौराहा सीमानाका बजार पसल क्षेत्रमा २४ घन्टा प्रहरी परिचालन गर्नुहोस् निगरानी बढाउनु होस् । हामी जनताका सेवक हौं ।
 
मापदण्ड विपरीत सवारी साधन संचालन गर्न र बसको छतमाथि यात्रु राखेर सवारी साधन संचालन गर्न राेक लगाउनु होस् बसपार्क  राजमार्ग तथा होटेलहरुमा निगरानी बढाउनुुहोस्–भण्डारीले भनेका छन् । 
 
नेपाली जनताले हर्ष उल्लासका र खुशीको साथ पर्व मनाउन पाउनु नै हाम्रो लागि त्यही नै दशैं हो । जनताको माया हाम्रो दशैं हो, भण्डारीले भने, ‘जनताको मायाँनै  हाम्रा लागि विजया दशमीको आशिष हो ।’
 
सामाजिक सद्भाव तथा शान्ति खल्बलाउन खोज्ने जो कोहीलाई पनि कारबाही गर्न पछि नपर्नुस् । केही समस्या भए मलाई फोन गर्नुहोस् तपाईलाई भरमग्दुर सहयोग गर्छु । एसपी भण्डारीले यो दशैंमा विराटनगर क्षेत्रमा मात्र साढे १३ सय पोसाक तथा सादा पोसाकका प्रहरी परिचालन गरेको बताए ।  
 
उहाँले सीसी क्यामेरा समेत जडना गरिएको बताउँदै एसपी भण्डारीले भने, ‘सीसी क्यामेराले समेत निगरानी गरिरहेकाले आपराधिक गतिविधि गर्नेहरु उम्किन पाउँदैनन् ।’ शान्ति सुरक्षाका लागि जनतासँगै
 
रहेर चौतर्फी निगरानी बढाएकाले निर्धक भएर दशै मनाउन सबैलाई भण्डारीले आग्रह गरेका छन् । एसपी भण्डारीले जिल्ला, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सीमाचौकी तथा सामुदायिक प्रहरीका प्रमुखलाई निर्देशन दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ