arrow

मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
magar-kham.jpeg
काठमाडौं। मगर खाम विशेष स्वायत्त क्षेत्र सरोकार समिति थबाङले एउटै संरचनामा राखी राजनैतिक अधिकारसहितको मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको छ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले प्रादेशिक पूर्नसंरचना(सिमांकन) गर्दाखेरि मगरात स्वायत्त प्रदेशको फ्रेमभित्र राजनैतिक अधिकारसहितको मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने माग गरेको हो।
 
कार्यक्रममा समितिका संयोजक तेजेन्द्र खाम मगरले प्रदेशको सिमांकन गर्दा रुकुमलाई बेवारिसे छोडिएको आरोप लगाउँदै भने,‘अब चाहीँ सरकारले सकारात्मक रुपमा हामीले अघि बढाएको मागलाई सम्बोधन गर्नुपर्छ।’  उनले सरकारले जतिसक्दो आफूहरुले अघि सारेका मागहरु पूरा गर्नुपर्ने बताउँदै ढिला गरे सशक्त संघर्ष गर्ने चेतावनी दिए।
 
उनले एउटै क्षेत्रमा बसोबास गर्ने मगर खाम भाषी समूदायलाई २०१८ सालको राजनैतिक विभानले ३ वटा जिल्लामा विकेन्द्रित गरी प्रशासनिक, आर्थिक, र विकासको पहुँचबाट टाढा पारिएको उल्लेख गर्दै अब उक्त क्षेत्रको समग्र विकासका लागि पनि स्वायत्त क्षेत्र बनाउनुपर्ने माग गरे।
 
समितिले उक्त प्रस्तावित विशेष स्वायत्त क्षेत्रलाई हिमाली क्षेत्रमा घोषणा गर्नुपर्ने, राज्यको निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार मगर जातिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायत ४ बुँदे मागहरु अघि सारेको छ। कार्यक्रमको सञ्चालन सरोकार समितिका सदस्य सोपा घर्तीमगरले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ