arrow

तत्काल संविधान संशोधन गर्नुपर्छ : भट्टराई

बाबुरामले भाषा बदले

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg
इनरुवा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 
 
सुनसरी सदरमुकाम इनरुवामा मंगलबार आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अर्न्तक्रिया पूर्वप्रधानमन्त्री भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए । 
 
संयोजक भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ