arrow

फेरि आयो १० प्रदेशको 'बटम लाइन', चुनाव हुन नदिने यस्तो छ रणनीति ?

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज १८ मंगलबार
sanghiye-samajbadi-new.jpeg
पाँचथर । संघीय समाजवादी फोरमले सरकारले गर्ने आवधिक चुनाव हुन नदिने भएको छ । उसले चुनावमा सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । पाँचथरको फिदिममा पत्रकार सम्मेलन गरी फोरमले यस्तो चेतावनी दिएको हो ।
 
संघीय समाजवादी फोरमका प्रस्तावित लिम्बुवान उपाध्यक्ष देवेन्द्र राईले आम नागरिकको मनोभावनालाई नबुझी एकलौटी ढंगबाट गर्न खोजेको निर्वाचनको कडा प्रतिवाद गर्ने चेतावनी दिए । 
 
उनले भने, ‘आम नागरिकको अस्तित्व स्वीकार नगरी हचुवाको भरमा प्रदेशको संख्या र सीमांकन घोषणा गरेको छ, अहिले घोषणा गरेको प्रदेशले कुनै पनि नागरिकको इच्छा, चाहाना र पहिचानलाई समेट्न सक्दैन्, त्यसैले हाम्रो बटम लाइन भनेको १० प्रदेश घोषणा गर्नुपर्दछ ।’ १० प्रदेशले मात्र सबै नागरिकको पहिचान र अस्तित्वलाई समेट्ने उनको भनाई छ ।
 
यस्तै, अहिलेको सरकारले संविधानको आफै कार्यान्वयन नगरी उल्लंघन गरिरहेको आरोप लगाए । उनले भने, ‘अहिलेको संविधानमा २५ सदस्यीय मात्रै मन्त्रीमण्डल बनाउने व्यवस्था उल्लेखछ, तर, संविधान घोषणा भए यता कुनै पनि सरकारले त्यसको परिपालना गरेको छैन । जम्बो मन्त्रीमण्डलको नाममा कांग्रेस, एमाले र माओवादीले देशलाई कङ्गाल बनाउँदै छन् ।’
 
समानुपातिक व्यवस्थालाई कटौती गरेकोप्रति राईले दुखेसो गरे । यस्तै, कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमका राष्ट्रिय समिति सदस्य प्रवीण नेम्बाङले फोरमलाई जातीवादी पार्टी भनेर आरोप लगाउने गरेको भन्दै त्यसको खण्डन गरे ।
 
उनले भने, ‘हिमाल, पहाड, मधेश सबै क्षेत्रका नेता कार्यकर्ता भएको पाटी कसरी जातिवादी पार्टी हुन्छ, आफूहरुको पार्टी राष्ट्रिवादी पाटी हो ।’ उनले सरकारले संघीय समाजवादी फोरमसँग गरेको २६ बुदेँ सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ