arrow

महिला संघकी अध्यक्ष रेग्मीले भनिन्–‘अब लड्ने समय आयो’

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
uma-regmi-new-aa.jpeg
काठमाडौं । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले महिला अधिकारका लागि लड्ने समय आएको बताएकी छन् । 
 
रेग्मीले संविधान कार्यान्वयन भए महिलाहरुको अधिकार सुनिश्चित हुने र थप अधिकारका लागि पनि पहल गर्न सहज हुने भन्दै महिला अधिकारका लागि लड्ने समय आएको बताएकी हुन् । 
 
महिला संघ चितवन क्षेत्र नम्बर ५ को आयोजनामा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले यस्तो बताइन् । उनले भनिन्, ‘संविधान कार्यान्वयन गराउनका लागि दबाब र महिला अधिकारका लागि लड्नु अहिलेको आवश्यकता हो ।’ 
 
महिला संघ क्षेत्रीय अध्यक्ष सावित्री कोइराला ढकालको अध्यक्षता रहेको कार्यक्रममा महिला संघ केन्द्रीय सदस्य सुशीला उप्रेती, नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, महिला संघ चितवनकी अध्यक्ष पारवति शाह, नेपालि काँग्रेस चितवन क्षेत्र नम्बर ५ का क्षेत्रीय सभपति लाल बहादु दवाडी, मायारा महतो, शविता वराल, नेविसंघ केन्द्रीय उपसभापति पवन यादव, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गिता गुरुङ्, सारदा गुरुङ्, शान्ति पराजुली, नेविसंघ जिल्ला सचिव  दीपक दवाडी लगायतका वक्ताले बोले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ